बन्धक शिशुलाई उद्धार गर्न जाँदा डीएसपीमाथि छुरा प्रहार

काठमाडौं । बन्धक बनाएको शिशुको उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुन्दर तिवारी माथि चक्कु प्रहार भएको छ । कोहलपुर–२ दीपनगरका कुशल थापाले उनीमाथि चक्कु प्रहार गरेका हुन् ।

थापाले आफ्नै २० दिनको नवजात छोरालाइ बन्धक बनाएर हत्या गर्न खोजेका प्रहरीले जनाएको छ । थापा मानसिक बिरामी भएको खुलेको छ । सोही कारण थापाले आफ्ना परिवारका सदस्यलाइ बाहिर भएको मौकामा नवजात छोराको हत्या गर्ने भन्दै आफ्नै घर भित्र थुनेर राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here