५० रुपैयाँको सिक्रीका लागि साथीको हत्या

फाइलफोटो

काठमाडौं । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ हर्दिया गाउँमा ५० रुपैयाँको सिक्रीका लागि एक युवकको हत्या भएको छ। प्रहरीका अनुसार स्थानीय राजनारायण पासवानका छोरा १९ वर्षीय आशिक भन्ने वसन्त पासवानको आफ्नै दुई जना साथीले छुरा हानेर हत्या गरेका हुन्।

बुधबार राति गाउँमै लागेको दसैँ मेला हेर्न गएका वसन्तले मेलामा ५० मा एउटा सिक्री किनेका थिए। सोही सिक्री लगाएर फोटो खिच्ने भन्दै उनीसँगै गएका साथी दीपक मल्लिकले वसन्तको सिक्री लिएर फोटो खिचेका थिए।

तर फोटो खिचिसकेपछि वसन्तले आफ्नो सिक्री माग्दा दीपकले नदिएपछि झगडा भएको र दीपक र अर्का साथी अमित मल्लिक मिलेर बिहीबार वसन्तलाई छुरा हानेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीले आफ्नै साथीको हत्याको आरोपमा वसन्तका साथीहरु भारतको विहार राज्यको मधुवनी जिल्लाको जयनगर बस्ने १९ वर्षीय दीपक मल्लिक र उनका भाइ नाता पर्ने सोही जिल्लाको साहरघाट बसबरिया बस्ने १८ वर्षीय अमित मल्लिकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here