साताको अन्त्यमा ओरालो लाग्यो शेयर बजार, नेप्से साढे ३ अंकले घट्दा २९ करोडको कारोबार

काठमाडौं, १९ भदौ । मंगलवार र बुधवार केही सुधारमा देखिएको शेयर बजार विहिवार फेरि ओरालो लागेको छ ।

विहिवार नेप्से परिसूचक ३.७७ अंकले घटेर १ हजार १ सय ९१.०७ अंकमा झरेको छ ।

कारोबारमा आएका मध्ये र्निजीवन बिमा कम्पनी र सामुहिक लगानी कोष काहेक अन्य सबै समुहको सूचक घटेको कारण सिङ्गो नेप्से परिसूचक नै घटेको ।

विहिवार सबैभन्दा धेरै होटल समुहको सूचक घट्यो । होटलको सूचक १.८१ प्रतिशतले घट्यो ।

त्यस्तै, जलविद्युतको ०.९४ प्रतिशत, फाइनान्सको ०.३३ प्रतिशत, जीवन बिमाको ०.३३ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

विहिवार १ सय ६७ कम्पनीको ९ लाख ५७ हजार ८ सय ८१ कित्ता शेयर किनबेच हुँदा २९ करोड १ लाख ७ठ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

विहिवार सबैभन्दा धेरै आँधीखोला लघुवित्त वित्तीय संस्थाका शेयर धनीले कमाए । आँधीखोला लघुवित्तको शेयर मूल्य ९.७८ प्रतिशतले बढ्यो ।

त्यस्तै, नेशनल लघुवित्त वित्तीय संस्थाको ५.९७ प्रतिशत, एनआईसी एसिया विकास कोषको ३.७९ प्रतिशतले बढ्यो भने अन्य कम्पनीको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा अरण काबेली पावरका शेयर धनी रहेका छन् । अरुण काबेलीको शेयर मूल्य ६.९१ प्रतिशतले घट्यो ।

त्यस्तै, कर्णाली विकास बैंकको ४.५४ प्रतिशत, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको ३.८० प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

विहिवार सबैभन्दा धेरै कारोकार गर्नेमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले १ करोड ५१ लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here