एकै परिवारका ४ जनाको हत्या प्रकरण: पोस्टमार्टमका लागि शव सदरमुकाम लगियो

काठमाडौं । मुगुमा छोराछोरीसहित मृत भेटिएकी श्रीदेवी बोहोराका श्रीमान दीपक बोहोरा कतारबाट घर आएका छन्। उनी शुक्रबार साँझ कतारबाट उडेका थिए।

काठमाडौंबाट नेपालगन्ज र त्यहाँबाट ताल्चा विमानस्थल हुँदै उनी शनिबार बिहान घर पुगेका हुन्। उनि घर पुगेसँगै अनुसन्धानमा खटिएको प्रहरी टोलीले शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम गमगढी लगेको छ ।

शुक्रबार बिहान श्रीदेवी, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र १ वर्षका छोरा रहर मृत भेटिएका थिए। उनीहरूको घरभित्रै शव फेला परेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here