इण्टरनेटको पहुँचले मोबाइल प्रयोगकर्ताको रुचिमै पर्न छाड्यो एसएमएस

काठमाडौं । डिजिटल प्रविधिको प्रयोगले व्यक्ति-व्यक्तिबीच हुने सर्ट म्यासेज सर्भिस (एसएमएस) को आदनप्रदान हराउँदै गएको छ । भने म्यासेन्जरको प्रयोग भने बढिरहेको छ ।

पैसा तिरेर हुने म्यासेजभन्दा इन्टरनेटको पहुँचले निःशुल्क रुपमा प्रयोग हुने म्यासेन्जर, ह्वाट्सएप र भाइबरको प्रयोग बढेको छ ।

पाँच-सात वर्ष अघिसम्म दसैंमा म्यासेजमार्फत शुभकामना आदनप्रदान हुने गरेको थियो । म्यासेन्जरमा आएका म्यासेज हेर्न नभ्याउने र कतिपय पेन्डिङमै रहिरहेको भए पनि म्यासेज भने मोबाइल प्रयोगकर्ताको रुचिमै पर्न छोडेको छ ।

सहजै वाइफाई इन्टरनेटको प्रयोग जहाँ पुग्यो त्यहीँ हुने र मोबाइल सेवाप्रदायकले सस्तोमा डेटा प्याक दिन थालेपछि म्यासेजको प्रयोग ठप्प हुन थालेको हो ।

बैंक तथा वित्तीय संस्था तथा धेरैलाई एउटै सन्देश पठाउने बल्क म्यासेज भने अझै भइरहेको छ । धेरैलाई पठाइने यस्तो म्यासेजको लागि टेलिकमले अझै प्रवर्धन गरिररहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here