भारतीले सुरु गरिन् अनसन

काठमाडौं । भारती शेर्पाले दशैं सकिएसँगै पुनः रिले अनसन सुरु गरेकी छन् ।

श्रीमान्को हत्या गरेको आरोपमा थुनामा रहेका योगराज ढकाल (रिगल)लाई आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी शेर्पाले माइतीघरमा पुनः रिले अनसन सुरु गरेकी हुन् ।

श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । आममाफीपछि उनले विरोध गर्दै आएकी छन् ।

२०७२ सालको असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँकेको नेपालगञ्जका चेतनको हत्या भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here