उच्च अंकले घट्यो नेप्से, सोनापुर सिमेन्टमा कारोबार खुलेको पहिलो दिनमै नेगेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा उच्च अंकले घटेको छ । दशैपछि कारोबार खुलेको पहिलो दिन नेप्से परिसूचक २८.१८ अंकले घटेर १८७५.६५ विन्दुमा झरेको हो ।

यसदिन २८३ कम्पनीको ७४ करोड २९ लाख २५ हजार ३९२ रुपैयाँ बराबरको २७ लाख १२ हजार १२३ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । व्यापार समूहको परिसूचक सबैभन्दा धेरै २.६८ प्रतिशतले घटेको छ ।

आज नेशनल हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको ४ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । घट्दो बजारमा आज अपर सोलु हाइड्रोका सेयरधनीले सर्वाधिक ८.९९ प्रतिशत कमाएका छन् ।

सोनापुर मिनिरल्स एण्ड आयल सिमेन्टको शेयर नेप्सेमा सुचीकृत भएर कारोबार सुरु भएको पहिलो दिन नै नकारात्मक सर्किट लागेको छ ।

आइतबार नेप्सेको स्पेशल प्रिओपनिङ सेसनमा ३५० रुपैयाँमा कारोबार खुलेको कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेर ३१५ रुपैयाँमा झरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here