‘यो नेकपाको अन्तिम भोज होइन’

काठमाडौं, १९ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अहिलेको सरकार नेकपाको अन्तिम भोज नभएको बताएका छन् ।

राजधानीमा आयोजित निजगढ विमानस्थलसम्बन्धी प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले नेकपा एक पटक सरकारमा जाने उद्देश्यले प्रेरित नभएको बताए ।

‘यो नेकपा सरकारको अन्तिम भोज वा दिपावली होइन । हामीलाई बाहिर जान मन छैन, अनुमोदित भएर फेरी भित्रै बस्नु छ,’ उनले भने । ‘त्यसका लागि हामीले जनताका कुरा सुन्नुपर्छ । अनि काम गरेर सन्तुष्ट पार्नुपर्छ,’ निजगढ बिमानस्थलमा सरकारले पेलेरै जाने सुर झिकेको भन्ने प्रश्नको जवाफ दिंदै उनले भने ।

जनतासँग अन्तरक्रिया गरेर जनतावीच बाटै आएको सरकार भएकाले सबैका सुझाव र गुनासा सरकारले सुन्ने उनले बताए ।

निजगढ विमानस्थल पनि सरकारले जवर्जस्ती पेलेर बनाउन नखोजेको बताउँदै उनले भने, ‘केही मात्रामा वातावरणीय क्षति हुन्छ भन्ने सरकारलाई थाहा नभएको होइन तर हामी त्यसरी हुने क्षति कम गर्न वा अर्को तरिकाले पुनसिर्जना गर्न प्रतिवद्ध छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here