पत्रकार सम्मेलनमै भारती बेहोस

काठमाडौं । योगराज ढकाल (रिगल)को आममाफीविरूद्ध अनसन बस्दै आएकी भारती मानन्धर पत्रकार सम्मेलनमै बेहोस भएकी छिन् ।

सोमबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलनमा वरिष्ठ अधिवक्ता विष्णु भट्टराई बोल्दै गर्दा कुर्सीमा बसिरहेकी भारती बेहोस भएकी हुन्। उनलाई वीर अस्पताल लगिएको छ।

उपचार जारी छ। रिगललाई असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here