सोनापुर मिनरल्सको शेयर मूल्यमा लगातार नेगेटिभ सर्किट

काठमाडौं । सोनापुर मिनिरल्स एण्ड आयल सिमेन्टको शेयर नेप्सेमा सुचीकृत भएर कारोबार सुरु भएको तेस्रो दिन पनि नकारात्मक सर्किट लागेको छ ।

मंगलबार प्रतिकित्ता २८३ रुपैयाँ ५० पैसाबाट खुलेको कम्पनीको मूल्य १० प्रतिशत घटेर २५५ रुपैयाँ २० पैसामा कायम भएको छ ।

आइतबार नेप्सेको स्पेशल प्रिओपनिङ सेसनमा ३५० रुपैयाँमा कारोबार भएको शेयर प्रतिकित्ता ३५ रुपैयाँले घटेको थियो । दोस्रो दिन पनि बजार खुलेको १० मिनेटमै १० प्रतिशत ९३१ रुपैयाँ ५० पैसा०ले घटेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here