एक लाख ९९ हजारसहित बूढानीलकण्ठबाट आठ ‘जुवाडे’ पक्राउ

काठमाडौं । प्रहरीले आठ ‘जुवाडे’लाई पक्राउ गरेको छ । महाराजगन्ज प्रहरी वृत्तबाट खटिएको टोलीले एक लाख ९९ हजार रुपैयाँसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा काठमाडौंको बूढानीलकण्ठ, नारायणथानका यमकुमार पुन, टोखाका राज घले, सोही ठाउँका मिलन घर्तीमगरसहित आठजना छन् । पक्राउ पर्नेमा तीन महिला समेत छन् ।

सोमबार राति सामाखुसीस्थित अप्सरा मल्लको घरमा जुवा खेलिरहेका उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामाथि जुवा मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here