दोहोरो अंकले घट्यो नेप्से, कारोबार ५७ करोडमा सीमित

काठमाडौं । शेयर बजारमा दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रोदिन नेप्से परिसूचक १४.२९अंकले घटेर १८६४.४० विन्दुमा झरेको हो ।

यसदिन २८६ कम्पनीको ५७ करोड १४ लाख ८३ हजार २७६ रुपैयाँ बराबरको २२ लाख ५८ हजार १८७ कित्ता शेयर किनबेच भएको छ । यो पछिल्लो सात महिना यताकै कम हो ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १.४६ प्रतिशतले घटेको छ ।

आज सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको १ करोड ७० लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

दोहोरो अंकले घटेको बजारमा आज सोनापुर मिनरल्सको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका शेयरधनीले आज पनि ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here