झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार

काठमाडौं । शेयर बजारमा झिनो अंकले घटेको छ । साताको कारोबारको चौंथोदिन नेप्से परिसूचक ५.८३ अंकले घटेर १८५८.५६ विन्दुमा झरेको हो ।

यसदिन २९६ कम्पनीको ८१ करोड २० लाख ८९ हजार २९१ रुपैयाँ बराबरको ३३ लाख ६४ हजार ५६कित्ता शेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २४ करोडले बढेको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये लगानी बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । होटल समूहको परिसूचक सबैभन्दा धेरै १.०१ प्रतिशतले घटेको छ ।

आज सोनापुर मिनरल्स एण्ड आयलको सर्वाधिक कारोबार भएको छ । यसको साढे १४ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

घट्दो बजारमा सोनापुर मिनरल्सका शेयरधनीले सर्वाधिक ७.९९ प्रतिशत गुमाएका छन् भने सयपत्री हाइड्रोपावरका शेयरधनीले ९.३९ प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here