प्रधानाध्यापक हत्याका ५ आरोपी सार्वजनिक, पूर्वप्रेमिका मुख्य योजनाकार

काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–६ स्थित एक निजी विद्यालयका प्रधानाध्यापक गुड्डु भनिने रुपेश स्वर्णकारको हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले आज पत्रकार सम्मेलन गरेर स्वर्णकारको हत्या भएको निष्कर्षसहित प्रहरीले २२ वर्षीया राधा गुप्तासहित स्थानीय ३४ वर्षीय जामिल अख्तर, कलैया–९ का रियाज अन्सारी, भारतीय नागरिक चन्दन कुमार र अभिनव कुमार राजपुतलाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार राधा र मृतक रुपेशबीच प्रेम सम्बन्ध थियो । मुख्य योजनाकार कलैया उपमहानगरपालिका-६ की राधा गुप्ता रहेको जनाएको छ। उनी बाल एकता स्कुलकी पूर्वलेखापाल समेत हुन्।

हत्याको कारण विवाहेत्तर प्रेम सम्बन्ध र रिसिइबीका कारण हत्या गरेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here