चिरख्वा हाइड्रोपावरको आइपीओ बाँडफाँट

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले आज आइपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट ८५ हजार ९३० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने १० लाख ४६ हजार ६ जनाको हात रित्तो भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि असोज २३ गतेदेखि २६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड ५९ लाख ३० हजार रुपैयाँ बराबरको ८ लाख ५९ हजार ३०० कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here