ग्लोबल आइएमई बैंकको नाफामा सुधार, प्रतिशेयरआम्दानी १३.७१ रुपैयाँ

काठमाडौं । ग्लोबल आइएमई बैंकको खुद नाफामा झिनो सुधार आएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफा ३.०४ प्रतिशतले बढेको हो ।

बैंकले असोज मसान्तसम्म १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४ करोड बढी हो । बैंकले गत वर्ष पहिलो त्रैमासमा १ अर्ब १८ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा बढ्दा खुद नाफामा झिनो सुधार आएको छ । खराब कर्जा बढ्दा बैंकले १ अर्ब ७८ करोड प्रोभिजनिङ गरेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४९.९२ प्रतिशतले बढेर ४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ६.४२ प्रतिशतले बढेर १ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकले ४ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल ३५ अर्ब ७७ करोड चुक्ता पूँजी रहेको बैंकको रिटेन्ड अर्निङ ३ अर्ब ३२ करोड र जगेडा कोषमा २१ अर्ब १० करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।

खुद नाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । गत वर्ष २० रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी ६.२९ रुपैयाँ घटेर १३.७१ रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १६८.३ रुपैयाँ, खराब कर्जा ४.३८ प्रतिशत, बेसरेट १०.०७ प्रतिशत र सीडी रेसियो ८१.१८ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here