‘बाह्रमासे’ जुत्ता मेला फेरी शुरु हुँदै, मेलामा संलग्न नहुनु भन्दै एफम्यानको विज्ञप्ति

काठमाडौं, २० भदौ । काठमाडौंको मुख्य प्रदर्शनी स्थल भृकुटीमण्डप प्रवेशद्वारसँगैको पार्किङ स्पेसमा यसपालि पनि जुत्ताचप्पल सेल मेला आयोजना हुने भएको छ ।

विगतका वर्षहरुमा महिनौंसम्म यस्ता मेला चलाएर समस्त स्वदेशी जुत्ताचप्पल उत्पादकहरुकै बदनाम गरेको भन्दै फुटवेयर म्यानुफ्याक्चरर्स एसोशिएसन, नेपालले त्यस्ता प्रदर्शनीको विरोध गर्दै आएको थियो । त्यसरी मेला लगाउँदा अन्य प्रकारका राष्ट्रिय तथा अन्तरराष्ट्रिय मेलाको महत्व घटेको र त्यहाँ सहभागी नहुने उत्पादकको व्यवसायमा असर परेको व्यवसायीको निश्कर्ष थियो ।

विभिन्न प्रकारका मेलाका नाममा उपभोक्तालाई भ्रम सिर्जना गर्ने तथा स्वदेशी उत्पादनलाई बद्नाम गर्ने कार्यलाई निरुत्साहित गरी समस्या समाधान गर्ने उदेश्यले गत बैसाखमा फुटवेयर म्यानुप्mयाक्चारर्स एशोसिएसन अफ नेपालको पहलमा नेपाल छाला जुत्ता उत्पादक संघ, नेपाल राष्ट्रिय जुत्ता, चप्पल उत्पादक संघ, र नेपाल राष्ट्रिय व्यावसायी महासंघको संयूक्त भेलाले आइन्दा उक्त स्थानमा कुनै पनि प्रकारका सेल मेला संचालन नगर्ने सहमति गरेको थियो ।

उनीहरुले संयूक्त पत्रकारसम्मेलन समेत गरेका थिए । तर, त्यसको पाँच महिना नबित्दै फेरी भृकुटीमण्डप पार्किङमा पुनः सेल मेला गरेकोमा एफम्यानले आपत्ति जनाएको हो ।

‘सहमतिको मसी सुक्न नपाई केहि व्यक्तिको संलग्नतामा महत्वपूर्ण पर्वको पूर्व सन्ध्यामा आयोजना गर्न लागिएको यस प्रकारको सेल मेलाले स्वदेशी उत्पादनको प्रवद्र्धन र विकासमा समर्पित यस क्षेत्रमा संलग्न सम्पूर्ण उद्यमी व्यावसायी एवं खुद्रा ब्यावसायीहरुलाई समेत गम्भिर असर पुग्नेछ,’ एफम्यानले शुक्रवार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सफल तथा जुत्ता चप्पल उद्योगको प्रवद्र्धन र विकासमा दिर्घकालिन असर पर्नेभएको हुंदा यस्ता प्रकारका सेल मेलामा संलग्न नभई नहुन पनी उसले उद्यमी व्यवसायीलाई आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here