भारतद्वारा दोस्रो खेपको राहत सामग्री हस्तान्तरण

काठमाडौं । भारत सरकारले नेपालका भूकम्प प्रभावितका लागि आपतकालीन राहत सहयोग सामग्रीको दोस्रो खेप सोमबार हस्तान्तरण गरेको छ।

भारत सरकारका तर्फबाट काठमाडौंस्थित दूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले नेपालगन्जका प्रमुख प्रशान्त विष्टको उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई राहत सामग्री हस्तान्तरण गरेका हुन्।

अत्यावश्यक चिकित्सा तथा सरसफाइ सामग्री, त्रिपाल, स्लिपिङ ब्याग र कम्बलसहित नौ टन राहत सामग्री भारतीय वायुसेनाको विशेष विमान सी–१३० ले नेपालगन्ज ल्याइपुर्‍याएको थियो।

यी राहत सामग्रीको हस्तान्तरण यही कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पपछि नेपाल सरकारलाई सहयोग गर्ने भारत सरकारको प्रयासको एक हिस्साका रूपमा रहेको छ।

त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लिपिङ ब्याग, अत्यावश्यक औषधि र चिकित्सा उपकरणसहितको ११ टनभन्दा बढी आपतकालीन राहत सामग्रीको पहिलो खेप भारतले नेपाल सरकारलाई आइतबार हस्तान्तरण गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here