भाइटीकाको साइत कुन देशमा कतिबेला ?

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित विभिन्न मुलुकमा बसेका नेपालीहरुका लागि पनि भाइटीकाको उत्तम साइतको मिति र समय सार्वजनिक गरेको छ ।

नेपालमा बिहान १० बजेर ५१ मिनेटमा रहेको उत्तम रहेको छ । भारतमा नोभेम्बर १५ को ११ बजेर ५ मिनेट, न्युयोर्क, अमेरिकामा नोभेम्बर १४ को ११ बजेर ५५ मिनेट, टेक्सास, अमेरिकामा नोभेम्बर १४ को ११ बजेर २५ मिनेटमा उत्तम साइत निकालिएको छ ।

अस्ट्रेलियाको मेलबर्नमा सोही दिनको११ बजेर ३४ मिनेट तथा पोर्चगलमा १४ नोभेम्बरको ११ बजेर ५१ मिनेटमा टिका लगाउनुपर्नेछ । यता पेरिसमा बस्नेहरुले सोही दिनको ११ बजेर ५ मिनेट तथा हङकङबासीले नोभेम्बर १५ को बिहान ११ बजेर ५ मिनेटमा भाइटीका लगाउनुपर्नेछ ।

यसैगरी वासिङट्न डिसीमा नोभेम्बर १४ को ११ बजेर २१ मिनेट तथा क्यालिफोर्नियामा सोही दिन १० बजेर ५५ मिनेटलाई उत्तम साइत निकालिएको छ । यसैगरी टोरन्टो, क्यानडामा नोभेम्बर १४ को ११ बजेर ४५ मिनेट तथा टोकियो जापानमा नोभेम्बर १५ को बिहान ११ बजेर १५ मिनेटका लागि साइत निकालिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here