काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सोमबार साँझ बसेको संचालक समितिको बैठकले ४.२१ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।