दोहोरो अंकले बढ्यो नेप्से, एक अर्ब पनि पुगेन् कारोबार

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । सोमबारदेखि उकालो लागेको नेप्से आजपनि ११.२२ अंकले बढेर १८५८.७६ विन्दुमा पुगेको छ । यसदिन २८३ कम्पनीको ९९ करोड ६५ लाख ८६ हजार २९१ रुपैयाँ बढीको ४३ लाख ३१ हजार २२९ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा समूहको परिसूचक मध्ये एक वटाको घटेको छ भने अन्य सबैमा हरियाली छाएको छ । आज सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै साढे ६ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

लगानी उपसमूहको परिसूचक सबैभन्दा धेरै १.५१ प्रतिशतले बढेकोे छ । आज हिमालयन बैंकको प्रमोटर शेयर सर्वाधिक कारोबार भएको छ । यसको ९ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

बढ्दो बजारमा आज लक्ष्मी लघुवित्तका सेयरधनीले सर्वाधिक ८.१६ प्रतिशत कमाएका छन् । त्यस्तै, सोनापुर मिनरल्स र सिटिजन लाइफ इन्स्योरेन्सको शेयर मूल्य ५ प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here