भूकम्पको केन्द्रबिन्दु रामीडाँडामै पुगेको छैन राहत, भीआईपीको लस्कर दैनिकी जस्तै

काठमाडौं । जाजरकोट र रुकुममा अहिले उद्धार र राहतका लागि भन्दै सरकारी र गैरसरकारी क्षेत्रको सक्रियता बढेको छ । राष्ट्रपति, प्रधामन्त्री, मन्त्रीहरूदेखि विभिन्न व्यक्तिहरुको ओहोरदोहोर चलिरहेको छ ।

तर भूकम्पको केन्द्रबिन्दु भएको रामीडाँडामा भने अहिलेसम्म सरकारी कुनै राहत पुगेको छैन । बारेकोट गाउँपालिकामा पर्ने रामीडाँडामा आएको राहत सामग्री गाउँपालिकामै थुप्रिएको स्थानीयले बताएका छन् ।

राष्ट्रपति, प्रधामन्त्री, मन्त्रीहरूदेखि विभिन्न व्यक्तिहरुको ओहोरदोहोर चलिरहेको छ ।भूकम्पको दोस्रो दिन प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ जम्बोटोली लिएर प्रभावित क्षेत्र पुगे। त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत पनि भूकम्प प्रभावित क्षेत्र पुगेर घुमिसकेका छन्।

यस्तै, संघीय सरकारका ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खडका, कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा, कर्णालीकै आर्थिक मामिला तगा योजनामन्त्री बेदराज सिंह र आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी जाजरकोट पुग्दै फर्किने क्रम चलिरहेको छ।

राहत तथा पुनर्स्थापनाको अनुगमनका नाममा भीआईपीको लस्कर र तामझामले नागरिकहरूलाई थप पीडा भएको छ। सदरमुकामबाहिरका कयौँ भूकम्पपीडितले अहिलेसम्म एउटा त्रिपाल पनि पाएका छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here