सेनाका हेलिकोप्टर नेता बोक्नमै सीमित, राहत ढुवानीमा ढिलाइ

काठमाडौं । कर्णाली प्रदेशका उच्च पहाडी जिल्ला जाजरकोट, रुकुमपश्चिम र सल्यानमा गएको भूकम्पबाट गाँसबासविहीन भएकाहरूलाई तत्काल चाहिने खाद्यान्नसहितको राहत सामग्री ढुवानीमा ढिलाइ भएको छ ।

नेपालगन्ज विमानस्थलबाट सैनिक हेलिकप्टर प्रभावित क्षेत्रमा बारम्बार उडान भर्दै आएका छन् । हेलिकप्टरले राहत बोकेर होइन राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र दलका नेताहरू लिएर प्रभावित क्षेत्रमा पुगेका हुन् । भूकम्पपीडितका लागि संकलन भएको राहत सामग्री सतह मार्गबाट पठाइँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here