रेशम चौधरीको कैद मिनाहाविरुद्धको रिटमा आजदेखि अन्तिम सुनुवाइ

फाइलफोटो

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आजदेखि अन्तिम सुनुवाइ हुने भएको छ।

टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले दायर गरेको रिटमा आजदेखि अन्तिम सुनुवाइ हुन लागेको हो। गत १५ जेठमा गणतन्त्र दिवसको अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा चौधरीको जन्मकैदको सजाय मिनाहा गरिएको थियो।
चौधरी रिहा भएको भोलिपल्टै टीकापुर घटनामा मारिएका प्रहरी इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा कठायतले माफी मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।

मंगलवार मात्रै थप तीन जना विरुद्ध पनि रिट दर्ता भएको हो । टिकापुर घटनामा तीनै तहको अदालतबाट दोषी ठहर भएका अन्य ४ चार जनालाई सरकारले असोज ३ गते रिहा गरेको थियो । ती मध्ये एक नाबालक हुन ।

रिटमा राष्ट्रपति कार्यालय, मन्त्रिपरिषद्, गृह मन्त्रालय र रेशम चौधरीलाई विपक्षी बनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here