शोधनान्तर स्थिति ५९ अर्ब ९ करोडले बचतमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार शोधनान्तर स्थिति ५९ अर्ब ९ करोडले बचतमा रहेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार तीनमहिनाको तथ्यांकले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.३५ अर्ब २४ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ६७ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४४ करोड ५२ लाखले बचतमा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ५५.६ प्रतिशतले कमी आई रु.१ अर्ब १५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.३ अर्ब ३७ करोडले धनात्मक रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.२ अर्व ५९ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.७ करोड ९६ लाखले धनात्मक रहेको थियो ।

द्दद्ध।समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.९९ अर्ब ७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१२ अर्ब ४३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९ करोड १८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७४ करोड ७२ लाखले बचतमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here