नवलपरासीको देवचुलीमा जिप दुर्घटना, मृतकको संख्या ७ पुग्यो

काठमाडौं । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको गोरे घुम्तीमा आइतबार भएको बलेरो दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

बौदीकाली गाउँपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दल्दले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको बलेरो जिप दुर्घटनामा परेको थियो । गम्भिर घाइते भएका मध्यबिन्दु नगरपालिका वडा २ मदनपुर निवासी १८ वर्षका चिरन अर्यालको पनि उपचारको क्रममा मृत्यु भएको छ । घटना स्थलमै ३ महिलासहित ६ जनाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here