‘काठमाडौंमा २४ सै घण्टा देउसीभैलो खेल्नूस, सुरक्षा दिन तयार छौं’- प्रहरी

काठमाडौं । काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले देउसीभैलो खेली तिहार मनाउन आग्रह गरेका छन् ।

प्रहरी र सुरक्षा समितिले तिहारमा देउसीभैलो खेल्न कुनै सीमित समय निर्धारण नगरेको भन्दै काठमाडौंमा २४ सै घण्टा सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न आग्रह गरेको हो ।

कसैले समय तोकेर देउसीभैलो खेल्न अवरोध गरे प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ । आफ्नो संस्कृतिअनुसार देउसीभैलो खेल्नका लागि कुनै सीमित समय तोकेका छैनौँ। प्रहरी र सुरक्षा समितिले २४ सै घण्टा सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न खुला रहेको छ । प्रहरी २४सै घण्टा सुरक्षा दिन तयार छ । तर नागरिकहरुले कुनै उश्रृङ्खल क्रियाकलाप नगरि सौहार्दपूर्ण रुपमा खेल्न आवश्यक छ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here