काठमाडौं । हरेक वर्षको भाइटीकाझैं यो वर्ष पनि अञ्जली दिदिले सामुहिक भाइटीका लगाइदिएकी छन्। काठमाडौँमा २०५५ सालदेखि नै सामुहिक रुपमा भाइटीका लगाउँदै आएकी ताहाचलकी अञ्जली दिदीले विगत वर्षहरुझैं यस वर्ष पनि सामुहिक रुपमा भाइटीका लगाइदिएकी हुन्। काठमाडौँको मरुमा रहेको काष्ठमण्डप मरु सतलको गोरखनाथ परिसरमा आज ९बुधबार० उनले सयौँको संख्यामा सामुहिक भाइटीका लगाइदिएकी हुन्। अञ्जली दिदीले तिहारको अवसरमा भाइटीका लगाइदिएको यस वर्षसँगै २५ वर्ष पूरा भएको छ।
























