छठको रौनकमा सजियो काठमाडौंका विभिन्न स्थान

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा छठ पर्वको तयारी गरिएको छ। काठमाडौंको पशुपति, गुहेश्वरी र कमलपोखरीलगायत ठाउँमा छठ पर्वका लागि पाल, बत्ती जडान गरिएको छ। आइतबार बेलुका अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै सुरु हुने छठ पर्व सोमबार सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अर्घ दिएर विधिवतरूपमा समापन हुनेछ।

कार्तिक शुल्कपक्ष चतुर्थी तिथिदेखि सुरु भएको छठ पर्व सप्तमी तीथिमा उदाउँदो सूर्यलाई अर्घ दिइ विधिवत रुपमा समापन हुने गर्छ। शारीरिक कष्ट हरण, चर्मरोगको निवारण तथा दरिद्रपन नष्ट र पुत्र प्राप्ति लागि भगवान सूर्यको पूजा आराधनास्वरुप छठ पर्व मनाउने परम्परा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here