‘जाजरकोटमा कांग्रेस छुट्यो भनेर राष्ट्रपति पौडेल आफैं पुगे’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको निष्पक्षतामाथि प्रश्न उठाएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार आयोजित विशेष भेलालाई सम्बोधन गर्ने क्रममा उनले जाजरकोटमा गएको भूकम्पमा कांग्रेस छुट्यो भनेर राष्ट्रपति पौडेल आफैं पुगेको आरोप लगाए ।

‘राष्ट्रपति जाजरकोट किन गएका? राष्ट्रपति किन जानुभयो? कति मान्छे मरेका भनेर उहाँले सुन्नुभएकै थियो, टेलिभिजन हेर्नुभएकै थियो। त्यो भन्दा अगाडि खबर आइसकेको थियो,’ उनले अघि भने, ‘नेताहरूको भिडले सेना प्रहरी खट्नुपर्यो भन्ने आएकै थियो। अनि माओवादी गयो भने कांग्रेस किन जानुपर्‍यो, राष्ट्रपतिज्यू? कांग्रेस छुट्यो भनेर उहाँ त्यहाँ जानुभयो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here