पद्मोदयमोडदेखि नयाँबानेश्वरसम्म निधेषित क्षेत्र घोषणा, ५ जनाभन्दा बढी भेला हुन नपाइने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पद्मोदय मोडदेखि नयाँबानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेकाे छ। जिल्ला सुरक्षा समितिकाे सिफारिसका आधारमा पद्मोदय मोडदेखि, माइतीघर, बबरमहल र नयाँबानेश्वर चोकसम्म निधेषित क्षेत्र घोषणा गरेको प्रशासनले जनाएकाे छ।

यस क्षेत्रमा सोमबारदेखि ३० दिनसम्मका लागि सो क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ।

आगामी मंसिर ७ गते नेकपा एमाले निकट युवा संघ र दुर्गा प्रसाईंले गर्न लागेको प्रदर्शनलाई लक्षित गर्दै प्रशासनले उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here