मानवसेवा आश्रमले गर्‍यो ३०४ जना सडक मानवको उद्धार

काठमाडौं । नेपालमा चाडपर्वको समयमा कोही पनि बेवारिसे नहुन भन्ने उद्देश्यले गरेको एक महिना उद्दार यात्रामा मानवसेवा आश्रमले ३०४ जना मानवहरुको उद्दार गरेको छ। उद्धार यात्रामा सडकमा अलपत्र परी बसेका महिला ९० जना पुरुष २ सय १ जना बालक ७ जना र बालिका ४ जना रहेका छन् ।

जसमध्ये कोशी प्रदेशबाट ५१ जना, मधेशबाट ४४ जना, बागमतीबाट ९९ जना, गण्डकीबाट ४५ जना, लुम्बिनीबाट ५४ जना, कर्णालीबाट ३ जना र सुदूरपश्चिमबाट ८ जना रहेका छन्।

यस अभियानलाई साथ दिंदै गत असोज २६ गते शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारबाट सम्माननिय प्रधानमन्त्री र गृहमन्त्रीको शुभकामना सहित अभियानको यात्रा प्रारम्भ भएको थियो । यस अभियानमा मानवसेवा आश्रमले गत असोज २७ गते मेचीपुलमा दीप प्रज्वलन गरी २८ गतेदेखि उद्धार कार्य सुरु गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here