दोहोरो अंकले घट्यो नेप्से, हिमालयन डिस्टिलरीको सर्वाधिक कारोबार

काठमाडौं । शेयर बजारमा दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रोदिन २३.८२ अंकले घटेर १८२९.६५ विन्दुमा झरेको हो ।

यसदिन २८५ कम्पनीको ९५ करोड ४ लाख ७९ हजार ५८३ रुपैयाँ बराबरको ३६ लाख ७५ हजार १०१ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १ को परिसूचक बढेको छ भने १२ को घटेको छ । आज हिमालयन डिस्टिलरीको शेयर सर्वाधिक किनबेच भएको छ । यसको ७ करोड ७८ लाखको कारोबार भएको छ ।

दोहोरा अंकले घटेको माथिल्लो मैलुङ खोला हाइड्रोपावरको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

घट्दो बजारमा आज मेन्छियाम हाइड्रोपावरका शेयरधनीले भने ८.१३ प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here