ग्यालेक्सी एस-२३ एफ-ई नेपाली बजारमा, कति छ मूल्य ?

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस सिरिजको नयाँ मोडल ग्यालेक्सी एस-२३ एफ ई नेपाल बजारमा ल्याएको छ । युवा पुस्ताका ग्यालेक्सी प्रयोगकर्ताहरूलाई सामसङको उच्चकोटीको अनुभव प्रदान गर्न निर्माण गरिएको ग्यालेक्सी एस२३ एफ ई नेपाल भित्र्याइएको हो ।

एफ ई संस्करणको रुपमा ग्यालेक्सी एस२३ एफ ईमा प्रतिष्ठित र दिगो डिजाइन, एड्भान्स्ड कार्यसम्पादन, अत्याधुनिक क्यामरा लगायत धेरै विशेषताहरू समेटिएका छन् ।

नेपाली बजारमा मिन्ट र ग्रेफाइट गरी २ रङ्गहरूमा उपलब्ध हुनेछ । यो मोबाइलको प्रि–अर्डर २० नोभेम्बर २०२३ देखि नेपालभर सामसङका आधिकारिक स्टोरहरूबाट गर्न सकिने कम्पनीले जनाएको छ ।

जीवन्त डिजाइन र डिस्प्ले

ग्यालेक्सी एस २३ एफ ई यसमा भएको नयाँ फ्लोटिङ क्यामरा र अझै स्लीकर डिस्प्लेको लागि सर्वश्रेष्ठ फिनिसका साथ एस सिरिजको डिजाइन छ ।सर्वश्रेष्ठ धातु र सिसाबाट बनाइएको ग्यालेक्सी एस२३ एफइले प्रमुख स्टाइलिस बनावट र स्पर्शलाई प्रतिबिम्बित गर्दछ ।

उत्कृष्ट दृश्यावलोकनको अनुभव दिलाउने गरी निर्माण गरिएको ग्यालेक्सी एस२३ एफ ईमा १२० हर्ज अनुकूल रिफ्रेस दरका साथ चम्किलो, अत्यन्त सरस ६.४ इन्चको भव्य एमोलेड २एक्स डिस्प्ले रहेको छ । ग्यालेक्सी एस२३ एफ ईमा रहेको भिजन बूस्टर प्रविधिले स्वचालित रुपमा उज्यालो प्रकाशको अवस्थाहरू पत्ता लगाएर स्क्रीनलाई जीवन्त राख्दै डिस्प्लेलाई सहज बनाइदिन्छ ।

क्यामरा अपग्रेड

ग्यालेक्सी एस२३ एफ ईमा प्रोग्रेड क्यामराको विशेषताहरू छन्, जसले असाधारण भिडियोहरू र फोटोहरू खिच्दछ । यो हालसम्मकै सबैभन्दा ठूलो क्यामरा हो । यसको पछाडि प्रमुख ग्रेडको ५० एमपी (डल्यू) र १२ एमपी (यूडब्ल्यू) र ८ एमपी (ओआइएस) युक्त ३ गुणा ठूलो अप्टिकल जूम सहितको क्यामरा जडान गरिएको छ । जसले चम्किलो र आकर्षक फोटोहरू खिचेर हरेक पललाई जीवन्त बनाइदिन्छ ।

एड्भान्स्ड डिजिटल इमेज स्टेबलाइजेसन (भिडिआइएस) का साथ प्रयोगकर्ताहरूले अप्टिकल इमेज स्टेबलाइजर (ओआइएस) कोणमा पछाडिको क्यामरा प्रयोग गरेर चालु रहेकै समयमा स्थिर सट लिन सक्दछन् । प्रो मोडमा अवरोधक गति, छिद्र, आइएसओ नियन्त्रण र सहजताको लागि हस्तकृत रुपमा संयोजन गर्न सकिन्छ ।

ग्यालेक्सी एस२३ एफ ई प्रभावकारी ८ जीबी र्याम र २५६ जीबीको स्टोरेजमा उपलब्ध छ । मिन्ट र ग्रेफाइट रङ्गहरूमा पाइने ग्यालेक्सी एस२३ एफ ई चाँडै नै देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध हुनेछ ।

यो मोबाइलको मूल्य ८५ हजार ९९९ रुपैयाँ तोकिएको छ । ग्राहकले शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधामा यो मोबाइल किन्न सक्नेछन् । ग्राहकहरूले सामसङ इन्स्टा फाइनान्सले दिएको सुविधा अनुसार मासिक ४ हजार ३०० रुपैयाँ किस्तामा किन्न सक्नेछन् ।

यस फानेमा सामसङले १ वर्षको लागि १ पटकको ब्रेकेज बीमा सुविधा दिएको छ । सामसङ फोनको अपग्रेड गर्न इच्छुक ग्राहकका लागि कम्पनीले एक्सेञ्ज सुविधा पनि दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here