बन्धक छुटाउने सर्तमा युद्ध रोक्न इजरायल सहमत, पहिलो चरणमा ५० जना रिहा गर्ने

काठमाडौं । हमासका कब्जामा रहेका बन्धकलाई रिहा गर्ने सर्तमा इजरायल छोटो अवधिका लागि युद्ध रोक्न सहमत भएको छ। यो जानकारी इजरायलको प्रधानमन्त्री कार्यालयले दिएको बीबीसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इजरायल बन्धकलाई घर फर्काउन ४ दिनका लागि युद्धविराम गर्न तयार भएको हो। इजरायली सरकारका अनुसार हमासले ४ दिनमा ५० बन्धक छाड्ने सम्झौता भएको छ।

बन्धक बनाइएकाहरुलाई रिहा गरिसकेपछि भने हमासलाई सफाया गर्ने सैन्य अभियान फेरि सुरु हुने इजरायलले जनाएको छ ।

सम्झौताका लागि इजरायल र हमासबीच कतारले मध्यस्थता गरिरहेको छ। कतारकै मध्यस्थतामा हमासले यसअघि पनि ४ बन्धक छाडिसकेको छ।

हमासले २४० जनालाई बन्धक बनाएको इजरायली सरकारको दाबी छ। जसमा नेपाली विद्यार्थी विपिन जोशीसमेत पर्छन्। तर उनको अवस्था थाहा हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here