अन्तर्राष्ट्रिय व्यापार मेलाका लागि केही स्टलमात्र बाँकी थप सामग्री

काठमाडौं । प्रत्येक वर्ष आयोजना हुँदै आएकोे नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मंसिर १४ देखि १८ गतेसम्म काठमाडौं मा हुने भएको छ । भृकुटीमण्डपमा हुने मेलाका लागि अब केही स्टलमात्र बुकिङका लागि बाँकी रहेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।

महासंघका अनुसार यस वर्षको मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेश सहभागी हुने भएका छन् । मेलामा नेपाली युवा उद्यमी मञ्चद्वारा ‘मेड इन नेपाल पेभेलियन’ तथा वस्तुगत संघका कमोडिटी प्याभिलियन रहनेछन् ।

नेपाल सरकारको सहयोग, ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेण्डर इभेन्टका रूपमा मेला हुन लागेको हो । जुन नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२३ नवौँ संस्करण हो ।

कुल तीन सयभन्दा बढी स्टलमार्फत् मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछ । मेलामा सार्क राष्ट्रसहित चीन, कोरिया, जापान, इण्डोनेसिया, मलेसियालगायतका देशका क्रेतालाई आमन्त्रण गरिएको महासंघले जनाएको छ ।

मेलाको मुख्य आकर्षणमा मेड इन नेपाल शो, हस्तकला उत्पादन, लघु घरेलु तथा साना उद्योग रहनेछन् भने मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्यसमेत रहेको आयोजकले जनाएको छ । मेलामा हस्तकला, पर्यटन, सूचना तथा प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माणसम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टल रहने बताइएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा एउटा विशिष्ट पहिचान बनाइसकेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गरी समग्रमा मुलुकको अर्थतन्त्र माथि उठाउन सघाउ पु¥याउने आशा एवंं विश्वास महासंघले लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here