च:मती जग्गा एकीकरण क्षेत्रभित्र सीसीटीभी जडान गर्ने

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाडौं महानगरपालिका, च:मती जग्गा एकीकरण आयोजनाबीच च:मती जग्गा एकीकरण क्षेत्रभित्र सीसीटीभी क्यामेरा जडान, सञ्चालन मर्मत सम्भार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएको छ।

रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा र महानगरपालिका, च:मती जग्गा एकीकरण आयोजनाको तर्फबाट आयोजना प्रमुख निर्मल राज बरालले एक करोड एक लाख तेईस हजार एक सय बिस रुपैयाँ रकमको सीसीटीभी जडान गर्ने उक्त समझदारी-पत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा महानगरपालिका, च:मती जग्गा एकीकरण आयोजनाका पदाधिकारीहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

काठमाडौं क्षेत्रभित्र शान्ति सुरक्षा, अमन चयन, पारदर्शी शहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण न्यूनीकरण, सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनारा तथा साँस्कृतिक एवम् सम्पदा क्षेत्रहरूको संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, रात्रीकालिन आवागमन व्यवस्थापन, ट्राफिक जाम तथा अन्य अनैतिक गतिविधि नियन्त्रण तथा समग्र शहरी सुशासनसँग सम्बन्धित विषयहरूमा सहकार्य गर्न सिसिटिभि जडान गराउने सम्झौता-पत्रमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here