ट्राफिक प्रहरीले भन्यो– ‘भोलि अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कनू’

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक काम परे मात्रै भोलि (मंसिर ७ गते) सवारी साधन लिएर निस्किन आग्रह गरेको छ।

नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले बिहीबार काठमाडौंमा प्रदर्शन गर्न लागेका छन्। प्रदर्शनका कारण काठमाडौंको ट्राफिक व्यवस्‍थापनमा असर पर्ने भन्दै कार्यालय सूचना जारी गरेको हो।

‘काठमाडौं उपत्यकाभर सवारी आवगमनमा असहजता सिर्जना हुन सक्ने भएकाले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कनु हुन र सडकमा निस्किनभन्दा पहिले १०० वा १०३ मा फोन गर्नु हुन र ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनेर सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन हुन अनुरोध छ,’ सूचनामा भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here