घट्यो सुनको भाउ, ७१ हजार ५ सयमा कारोबार

काठमाडौं, २२ भदौ । आईतवार सुनको मूल्यमा ५ सय रुपैयाँले गिरावट आएको छ ।

शुक्रवार प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आईतवार ५ सय रुपैयाँले कमि आएर ७१ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ बताएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्यमा पनि ५ सय रुपैयाँ कमि आएको छ । शुक्रवार प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आईतवार प्रतितोला ७१ हजार २ सय रुपैयाँ कायम भएको छ ।

आइतवार चाँदीको मूल्यमा पनि कमी आएको छ । शुक्रवार प्रतितोला ९०० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आइतवार प्रतितोला ८ सय ८५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here