यस्तो छ काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था, ‘ब्याकअप’मा नेपाली सेना

काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज काठमाडौंमा छुट्टाछुट्टै कार्यक्रम गर्ने भएपछि सुरक्षा सतर्कता बढाइएको छ ।

बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नाकाहरूमा कुकुरसहित सुरक्षा जाँचमा कडाइ गरेको छ ।

ठूलो संख्यामा प्रहरी सडकमा उतारिएको छ । पहिलो घेरामा नेपाल प्रहरी र दोस्रो सुरक्षा घेरामा सशस्त्र प्रहरी तैनाथ छ । ‘ब्याकअप’मा नेपाली सेना रहेको छ ।

प्रदर्शनकारी बसेका स्थानमा पनि सादा पोशाकसहित सुरक्षाकर्मी खटाइएको छ । युवा संघको नेतृत्वमा काठमाडौंको तीनकुनेमा प्रदर्शन हुँदै छ । दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौंको बल्खुमा प्रदर्शन हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here