राजधानीमा दुई समूहले गर्ने प्रदर्शनको प्रभाव विद्यालयदेखि सडकसम्म

काठमाडौं । नेकपा एमालेको युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले राजधानीमा गर्ने भनिएको प्रदर्शनको प्रभाव विद्यालय र सडकमा देखिएको छ ।

अहिले सडक पनि सुनसान जस्तै देखिएका छन् । बसबाट विद्यार्थी ओसार्ने कतिपय विद्यालयहरुले सूचना जारी गरेर आज विद्यालयहरु बन्द गरेका छन् । कुनैले विद्यालयहरूले भने हरि बोधिनी एकादशीको लागि बिदा दिइएको बताएका छन् ।ट्राफिक प्रहरीले अत्यावश्यक काम बाहेक सवारी लिएर बाहिर ननिस्किन आग्रह पनि गरेको छ ।

काठमाडौं र ललितपुर प्रशासनले अधिकांश ठाउँमा निषेधाज्ञा जारी गरेको छ । उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । बिहानैदेखि काठमाडौंका चोक(चोकमा हतियारसहितका सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । प्रदर्शनकारी बसेका स्थानमा पनि सादा पोशाकसहितका सुरक्षाकर्मी खटिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here