दुर्गा प्रसाईंको कार्यक्रमस्थलमा बल्खुमा दुई पक्षबीच झडप, दुईजना घाइते

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंको बल्खुमा आयोजना गर्न लागेको कार्यक्रममा झडप भएको छ । उक्त झडपमा दुईजना घाइते भएका छन् ।

कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खुमा कार्यक्रम गर्न प्रसाई पक्षलाई दिएको थियो। युवा संघलाई भने तीनकुनेमा दिएको छ।

यसअघि, कार्यक्रममा सहभागीहरुले तोडफोड गरेका थिए । बल्खु चोकमा प्रसाईंका समर्थकहरूले पार्किङ गरेर राखिएको मोटरसाइकलहरू लडाएका छन् । एमाले समर्थकहरुले प्रदर्शन बिथोल्न खोजेको भन्दै प्रसाईंका समर्थकहरूले त्यसो नगर्न चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here