प्रेम चलाउनेलाई कुटपिट गर्ने ६ जना दोषी ठहर, २ वर्ष कैद

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उप-प्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्नेहरुलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने भएको छ ।

काठमाडौं जिल्ला अदालतले बिहीबार चलाउनेको मुद्दाको फैसला गर्दै उनीहरुलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ । रुपेश शाह, रविनकुमार लामा, निरज रानामगर, सयुज श्रेष्ठ, हरि आचार्य र योगेन्द्र रावल दोषी ठहर भएका हुन् ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताले त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि निर्घात कुटपिट गरेका थिए ।

यस्तै चलाउनेले दाबी गरेको उपचार खर्चवापतको २८ लाख १७ हजार ५९३ रुपैयाँ कसुरदारबाट दामासाहीले असुल गर्ने पनि फैसला भएको छ । क्त घटनामा मतियारको अभियोग लागेका दीपकराज ओझालाई अदालले सफाइ दिएको छ ।

उपप्राध्यापक चलाउनेमाथि २०७७ साल असोजमा नेविसंघका तत्कालिन इकाइ सभापित आचार्य, सचिव रावल लगायतको समूहले मरणासन्न हुनेगरी कुटपिट गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here