‘यो देशमा सबैलाई राजा बन्न मनलाग्यो, धर्तीलाई माया गर्ने मान्छे चाहिएको छ’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले मध्यरातमा कविता मार्फत राजधानीमा भएको दुई समूहबीचको शक्ति प्रदर्शनलाई लिएर टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा यो देशमा सबैलाई राजा, राष्ट्रपति,प्रधानमन्त्री, नेता बन्न मन लागेको तर मान्छे बन्न कसैलाई मन नलागेको भन्दै उनले पहिले धर्तिलाई माया गर्ने मान्छे बन्न आग्रह गरे । उनले भनेका छन्

यो देशमा सबैलाई ,
राजा बन्न मनलाग्यो,
राष्ट्रपती बन्न मनलाग्यो,
प्रधानमन्त्री बन्न मनलाग्यो,
नेता बन्न मनलाग्यो ,
देशलाई मान्छे चाहिएको छ,
मान्छे बन्न कसैलाई मन लागेन, जस्ले धर्तीलाई माया गरोस ,
मान्छे बनौँ पहिला ,
अरु त, जनताले बनाई हाल्छननी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here