दुर्गा प्रसाईंको निवास परिसरमा प्रहरी परिचालन, बाहिर निस्कन नदिने रणनीति

काठमाडौं । मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईंको घरलाई सुरक्षाकर्मीले घेरा हालेर राखेका छन्।

प्रसाईं घर भक्तपुर पुगेर प्रहरीले वरपरबाट ठूलो संख्यामा घेरा हालेको छ। सुरक्षा स्रोतका अनुसार उनलाई त्यहाँबाट निस्कन नदिने प्रहरीको तयारी छ ।

प्रसाईंले आजसमेत प्रदर्शन गर्ने बताएपछि प्रहरीले शाही युवा संघका अध्यक्ष पशुपति खड्कासहित पाँच जनालाई पक्राउ गरिसकेको छ। प्रसाईंको अगुवाईमा बिहीबार भएको प्रदर्शनमा पाँच प्रहरीसहित २८ जना घाइते भएका थिए।

नागरिक बचाउ अभियानका नाममा प्रसाईंले अराजक शैलीमा भाषण गर्नेदेखि प्रदर्शन गर्ने र गणतन्त्र फालेर राजा ल्याउनेसम्म बताउँदै आएका छन्। आज शुक्रबारसमेत प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने बताएका छन्। यद्यपि जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने प्रसाईंलाई प्रदर्शनका लागि अनुमति नदिइएको बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here