प्रदर्शन गर्न हिँडेका प्रसाईंका समर्थक बाटोबाटै पक्राउ, तीनकुनेमा सुरक्षा व्यवस्था कडा

काठमाडौं । तीनकुनेलगायत काठमाडौंका विभिन्न ठाउँहरूबाट प्रहरीले शंकास्पद लागेका र कार्यक्रमका लागि भेला हुँदै गरेका दुर्गा प्रसाईंका समर्थकलाई पक्राउ गर्न थालेको छ ।

प्रहरीले दर्जनौंको संख्यामा शंकास्पदहरुलाई नियन्त्रणमा लिएको छ । प्रहरीले पक्राउ परेकाहरुलाई तीनकुने र गौशालाको प्रहरी चाैकीमा राखेको छ ।

आजबाट दुर्गा प्रसाईंले तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेका थिए । यता काठमाडौं जिल्ला प्रशासनले भने तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिएको भन्दै शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी गतिविधि गरेमा कारबाही गर्ने चेतावनी दिएको थियो ।

अहिले तीनकुनेमा बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ भने सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here