‘धरपकड र दमनले समस्या समाधान हुँदैन, सरकारले आफूलाई सच्याओस्’ राप्रपा

काठमाडौं । तीनकुनेमा प्रदर्शन गर्न गइरहेका दुर्गा प्रसाईंका समर्थकलाई धमाधम पक्राउ गरिरहेकाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विरोध जनाएका छन्।

अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘धरपकड र कुनै पनि प्रकारको दमनले समस्याको समाधान निस्कँदैन। सरकारले आफूलाई तत्काल सच्याओस्।’

प्रसाईंको समूहले सामाजिक सद्भाव बिथोलिने तथा हिंसा भड्किने गतिविधि गरिरहेको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालयले तीनकुनेमा कार्यक्रम गर्न रोक लगाएको छ। तर प्रसाईं समर्थक एकपछि अर्काे गर्दै तीनकुने पुगेपछि प्रहरीले पक्राउ गरिरहेको छ।