जाजरकोट भूकम्पमा पाँच वर्षमुनिका १६ हजार बालबालिका प्रभावित

काठमाडौं । जाजरकोट भूकम्पले पाँच वर्षमुनिका १६ हजार १२७ बालबालिका र चार हजार ६७ गर्भवती तथा सुत्केरी प्रभावित भएका छन् । भूकम्पबाट बढी प्रभावित जाजरकोटमा बारेकोट र कुशे गाउँपालिका, नलगाड र भेरी नगरपालिकामा पाँच वर्षमुनिका १० हजार ५६० बालबालिका प्रभावित छन् ।

यस्तै, एक हजार ३६० गर्भवती र ९०० सुत्केरी भूकम्पबाट प्रभावित रहेका छन् । रुकुम पश्चिममा पाँच वर्षमुनिका बालबालिका पाँच हजार ५६७ जना प्रभावित भएको महिला कानुन र विकास मञ्च (एफडब्लूएलडी) र राष्ट्रिय महिला आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, एक हजार ६८ गर्भवती र ७३९ सुत्केरी भूकम्पबाट प्रभावित रहेको जारी विज्ञप्तिमा जनाइएको छ । ती जिल्लामा तीन हजार ७८१ जना ज्येष्ठ नागरिक, ५९६ दीर्घरोगी र ५१६ जना अपांगता भएका व्यक्ति भूकम्पबाट प्रभावित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here