‘बल्खुमा हाहाहुहु गर्ने भनेपछि ५-७ हजार मानिस यसो हेर्न आए होलान्, सरकार थर्कमान छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंले बल्खुमा पाँच सात हजार मान्छे ल्याउँदैमा सरकार थर्कमान भएको बताएका छन् ।

राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले बल्खुमा हाहाहुहु गर्न जान पाइन्छ भनेपछि हेर्न आएका मानिस देखेर नै सरकार डराएको टिप्पणी गरे ।

उनले भने, कहाँ हिँड्या हुन् थाहा छैन। केका लागि हिँड्या थाहा छैन । के माग हो ? के नारा हो ? थाहा छैन । हाहाहुहु गर्न जान पाइन्छ भनेपछि हेर्न आए । यो सरकार त्यतिकैमा थर्कमान् छ । पाँच सात हजार मान्छे यसो हेर्न आए होलान् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here