जीवित श्रीमानको मृत्युदर्ता बनाइ श्रीमतीलाई एकल भत्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रीमान जिवितै हुँदा पनि निधन भएको भन्दै एकल महिलाको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा २ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

श्रीमानले नै आफू जिवितै हुँदै मृत्यू दर्ताको प्रमाणपत्र बनाएर श्रीमतीले एकल महिला भत्ता खाएको भन्ने उजुरी गरेपछि रामेछापको मन्थली नगरपालिका वडा नं.३ का तत्कालीन वडा सचिव शिवकुमार महत्तो सोही वडाकी निर्मला खत्रीविरुद्ध मुद्दा दायर गरेको हो ।

छानबिनमा क्रममा महत्तो र खत्रीको मिलेमतोमा नक्कली मृत्यु दर्ता प्रमाण पत्र बनाएर निर्मला खत्रीको सामाजिक सुरक्षा भत्ता परिचय पत्र बनाएको र ४५ हजार २२० रुपैयाँ भत्ता लिएको देखिएकाले उनीहरुलाई त्यो रकम विगो मानी भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here